• जेष्ठ ८ २०८३, शुक्रबार

पाल्पामा जिप दुर्घटना, ६ जनाको मृत्यु

कार्तिक ५ २०८०, आईतवार

पाल्पा ५ कार्तिक । पाल्पामा आज जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । रानीमहल जाँदै गरेको जिप बैकुण्ठे पहाडबाट बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिप कहाँका लागि छुटेको भन्ने अझै एकिन भइ नसकेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनास्थल खोँच रहेकाले उद्धारमा कठिनाइ भएको छ ।

पाल्पाका एसपी हेरम्ब शर्माका अनुसार बैकुण्ठ पहाडबाट सय मिटर भन्दा लामो छाँगो रहेको र उद्धार कठिनाइ भएको छ । दुई सय मिटर तल्लो भागबाट खोला भएर उद्धारका लागि पुग्नु पर्ने भएकाले कठिनाइ भएको हो । दुर्घटनामा जिपका चालक भने घाइते भएको प्रहरीले जनाएको छ ।