काठमाडौं । भारतले नेपालसहित ७ वटा देशका लागि गैर बासमती चामलको निर्यात खुला गरेको थियो। भारत सरकारले नेपाल, क्यामरुन, कोटे डी आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेशेल्समा १० लाख टनभन्दा बढी गैर बासमती चामल निर्यात गर्न अनुमति दिएको हो।
वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गत पर्ने वैदेशिक व्यापार महानिर्देशनालयले राष्ट्रिय सहकारी निकासी लिमिटेडमार्फत् निकासी गर्न अनुमति दिएको हो।
गैर बासमती सेतो चामलको निर्यात नेपाल, क्यामरुन, कोटे डी आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेशेल्समामा मात्रै निर्यात हुनेछ।
नेपालका लागि ९५ हजार टन चामल निर्यातको अनुमति दिइएको छ। यस्तै, क्यामरुनका लागि १ लाख ९० हजार टन, मलेसियाका लागि १ लाख ७० हजार टन, फिलिपिन्सका लागि २ लाख ९५ हजार टन, कोट डी आइभोर र गिनीका लागि १ लाख ४२ हजार टन र सेलेसलाई ८ सय टन चामल पठाइएको छ।