काठमाडौं । वृहत नागरिक आन्दोलनले भोलि इजरायली दूतावास बाहिर प्रदर्शन गर्ने भएको छ । हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले गरेको प्रत्याक्रमणमा महिला तथा बालबालिका मारिएको भन्दै आन्दोलनले विरोध स्वरुप दूतवास बाहिर प्रदर्शन गर्ने भएको हो ।
हमासको आक्रमणमा नेपालीहरू मारिएकोमा विरोध रहेको भन्दै आन्दोलनले इजरायलको आक्रमणमा पनि बालबालिका तथा महिला मारिएको भन्दै आपत्ति जनाएको छ । प्यालेस्टिनीको समर्थनमा संसारभर प्रदर्शन भएका छन् ।