• आश्विन १३ २०८१, आईतवार

शाकाहारीले दशैंमा के खाने ?

कार्तिक २ २०८०, बिहीबार

 

दशैं मान्ने धेरै नेपालीको चुलामा मासुका परिकार पाक्ने गरेको छ । तर पछिल्लो समय मासु नखाने मानिसहरुको संख्यामा बृद्धि भइरहेको छ

मासुका विभिन्न परिकरहरुको चर्चाका बीच हरियो तरकारी, काउली, साग, च्याउआदीको कुनै चर्चा हुने गरेको छ । शाकाहारीहरु दशैंमा के खाने भन्ने द्विविधामा पर्ने गरेका छन् ।

शाकाहारीले दशैंमा के खाने ?

मासुको प्रयोग नगरि पनि दशैंलाई खानपानका हिसावमा स्वादीलो बनाउन सकिन्छ ।

त्यसका लागि तपाईले नियमित रुपमा खाने काउली, घिरौला, बन्दा, भन्टा, साग, मूलाका साथसाथै पनिर, च्याउका विभिन्न स्वादिलो परिकार बनाउँन सक्नु हुन्छ ।

दशैंमा तपाईले मटर पनिर, पालक पनिर, तोफु, मटर मसरुम पनिर, लगातयको तरकारी बनाउन सक्नुहुन्छ ।

च्याउमा प्रोटिन, भिटामिनहरूमा थाइमिन, राइवोलेविन, नाइसिन, वायोटिन, एसकर्भिक एसिड, विभिन्न मिनरल्स, विभिन्न एमिनो एसिडस् आदि तत्वहरू पाइन्छ । त्यस्तै, भिटामिन ए, बी, सी, खनिज र क्याल्सियम पनि पाइन्छ । बोसो नगन्य मात्रामा हुने च्याउलाई पौष्टिक खानाको रूपमा लिइएको छ जसको प्रयोग दशैंमा स्वास्थ्यका हिसावले पनि हितकर हुन्छ ।

शाकाहारीले दशैंको समयमा चना, केराउ, बोडीको तरकारीहरुको प्रयोग गर्न सक्नु हुन्छ । त्यस्तै आलुको अचार, काक्राको पुरानो अचारको प्रयोग पनि भेजहरुले गर्न सक्नुहुन्छ ।

मासुलाई धेरैदिनसम्म राखेर पकाएर खानु भन्दा तपाईको भान्सामा पाकेको पालक पनिर, च्याउको परिकार निकै स्वास्थकर हुन्छ ।