उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ । चीन भ्रमणमा रहेका श्रेष्ठलाई गएराति नर्मल खालको हृदयघात भएको उच्च सरकारी श्रोतले जनाएको छ । श्रेष्ठ बीआर आईसम्बन्धी एक कार्यक्रममा सहभागी हुन केही दिनअघि चीन गएका थिए ।
श्रेष्ठले छातीमा समस्या भएपछि अस्पताल लगिएकामा चिकित्सकले सामान्य ‘हर्ट अट्याक’ भएको बताएका थिए । उनको बेइजिङस्थित ‘पेकिङ युनिभर्सिटी हस्पिटल एण्ड रिसर्च सेन्टर’ मा उपचार भइरहेको छ ।
श्रोतका अनुसार श्रेष्ठको अवस्था सामान्य छ । तेस्रो ‘बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन’ मा सहभागी हुन श्रेष्ठ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बेइजिङ उडेका थिए ।