• आश्विन १३ २०८१, आईतवार

हरेक दिन ३ कप कफी स्वास्थ्यका लागि फाइदाजनक

कार्तिक २ २०८०, बिहीबार

एजेन्सी । मुटुलाई स्वस्थ राख्न हरेक दिन ३ कप कफी पिउन जरुरी छ । हरेक दिन ३ कप कफी पिउँदा २१ प्रतिशत स्ट्रोक र १७ प्रतिशत हृदयरोगको खतरा कम हुन्छ । ​हंगेरीको राजधानी बुडापेस्टस्थित सेमेल्भिस युनिभर्सिटीमा गरिएको अनुसन्धानले कफी र मुटुबीचको सम्बन्धलाई उजागर गरेको छ ।

उक्त अनुसन्धानको क्रममा कफीले कसरी मुटुलाई स्वस्थ राख्छ रु कति कप कफी पिउनु स्वास्थ्यलाई फाइदाजनक छ ? भन्ने जस्ता प्रश्नहरुको उत्तर खोज्ने प्रयास गरिएको थियो । युकेको बायोबैंकमा रेकर्ड भएका ४ लाख ६० हजार व्यक्तिहरुमाथि गरिएको अनुसन्धानमा कफी पिउने र नपिउने व्यक्तिमा कफीको प्रभाव र नपिउने व्यक्तिको अवस्थाको बारेमा खुलासा गरिएको छ । जसले जुन व्यक्तिले हरेक दिन ३ कपसम्म कफी पिउने गर्दछ उनीहरुको मृत्युको खतरा १२ प्रतिशत कम हुन्छ । भने, हृदयघात हुने सम्भावना १७ प्रतिशत कम हुन्छ । साथै, २१ प्रतिशत व्यक्तिमा स्ट्रोकको खतरा कम हुन्छ ।

कति मात्रामा कफी पिउने ?
अनुसन्धानकर्ताका अनुसार अनुसन्धानमा सहभागी व्यक्तिहरुको मुटुको एमआरआई स्क्यानमा कफीले मुटुमा पार्ने असरबारे अध्ययन गरिएको थियो । जसअनुसार कफी नै नपिउने व्यक्तिको तुलनामा कफी सीमित मात्रामा कफी पिउने व्यक्तिहरुको मुटुले सन्तुलित रुपमा काम गरिरहेको र बढ्दो उमेरले मुटुमा पार्ने असर पनि घटाएको पाइएको छ ।अनुसन्धानमा संलग्न डा. जुदित सिमोनले सीमित मात्रामा कफी पिउनु फाइदाजनक भएको बताए । उनले धेरै मात्रामा कफी पिउँदा शरीरलाई नोक्सान पुग्ने जानकारी दिए । उनले हरेक दिन ३ कप कफी स्वास्थ्यका लागि फाइदाजनक भएको बताए ।