• जेष्ठ ८ २०८३, शुक्रबार

चितुवाको छाला र चरेससहित ३ जना पक्राउ, पक्राउ पर्नेमा प्रहरी हवल्दार पनि

कार्तिक १ २०८०, बुधबार

कैलाली । धनगढीमा चितुवाको छाला र चरेससहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार पनि छन् ।

प्रहरीका अनुसार प्रहरी सहायक हवल्दार करनबहादुर चन्द, बाजुराको गौमुल गाउँपालिका-१ का २६ वर्षीय धनकृष्ण रोकाया र बुढीगंगा नगरपालिका-१० बस्ने ३० वर्षीय हेमराज जोशी पक्राउ परेका हुन् । बुधबार साँझ ७ बजे धनगढीको सहिदगेट नजिकैको जुमेरा होटलमा जाँच गर्दा तीन जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए ।

उनीहरूको साथबाट सात फिट ६ इन्च लम्बाइ र एक फिट १० इन्च चौडाइ भएको एउटा बाघको छाला र ६ किलो ७४० ग्राम चरेस बरामद गरिएको छ । कैलालीबाट प्रहरी निरीक्षक जनकराज ढुंगाना, लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरबाट प्रहरी निरीक्षक पदमबहादुर थापा, प्रदेश प्रहरी कार्यालय धनगढीबाट प्रहरी सहायक निरीक्षक दीपेन्द्र किमाडी र नेपाल प्रहरी प्रधान कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक प्रकाश कडायतसहितको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । तीनै जनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको डिएसपी चन्दले बताए ।