काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा बुद्धिराज घिमिरेले उम्मेदवारी दिनु भएको छ । एनआरएनए जापानका पूर्वमहासचिव रहनु भएका घिमिरेले आगामी कार्यकाल २०२३-२५ को लागि एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा उम्मेदवारी दिनुभएको हो ।
एनआरएनए जापानका पूर्वमहासचिव रहँदा उहाँले गरेका कामका कारण पनि उहाँको उम्मेदवारी घोषणालाई महत्वपूणर् रूपमा हेरिएको छ । एनआरएनए जापानको महासचिव रहदा उहाँको कार्यकाल सफल कार्यकालको रुपमा रहेको जापानवासी नेपालीहरु बताउँछन् ।
घिमिरेले एनआरएनएको विभिन्न पदमा रहेर १५ वर्ष काम गरिसक्नु भएको छ । घिमिरे २०११ देखि १३ मा कान्तोको सचिव, २०१५-१७ मा राष्ट्रिय कमिटी सचिव र २०१७-१९ मा राष्ट्रिय कमिटिको महासचिव भई जिम्मेवारी निर्वाह गर्नु भएको अनुभव छ । त्यस्तै, २०१९-२१ मा आइसीसी विधान ड्राफ्ट कमिटी सदस्य हुनुहुन्थ्यो । त्यो समयमा उहाँले सक्रियताका साथ काम गर्नुभयो । उहाँको नेतृत्व क्षमतालाई रुचाइएको छ ।
घिमिरेले आफूलाई विभिन्न पदमा बसेर काम गर्न अवसर प्रदान सबैलाई आभार व्यक्त गर्नु भएको छ । आगामी दिनहरूमा पनि साझेदारी, हातेमालो र सहकार्य गर्दै संस्थामा सेवा गर्ने चाहना रहेको घिमिरे बताउनुहुन्छ । यसको लागि सबैको साथ र सहयोगको अपेक्षा समेत बताउनु हुन्छ ।
यस्ता छन् उहाँका प्रतिबद्धताहरु :
१. गैरआवासीय नेपाली संघ आईसीसी र एनसीसीहरुका विधानको परिधि र क्षेत्राधिकार भित्र रहेर कार्यसम्पादन गर्ने ।
२. अध्यक्ष र संघबाट आएका निर्देशनसँगै बैठकका निणर्य समयमै कार्यान्वयन गर्ने ।
३. सबै एनसीसीबाट समान प्रतिनिधित्व हुने गरी एनसीसीको सिफारिसमा एक एक सदस्य क्षेत्रीय सदस्य रहने प्रावधान वा संरचना निर्माण, आर्थिक पक्षलाई विशेष प्राथमिकतासँगै सचिवालय निर्माणमा पहल गर्ने ।
४. एनसीसीहरुको विधान सम्बन्धित देश अनुकूल सहित एकरुपतासँगै प्रशासनिक र आर्थिक नियमावली तयार गर्न समन्वय गर्ने ।
५. एनसीसीका अध्यक्ष आईसीसीमा पदेन सदस्य रहने ब्यवस्था रहेसँगै क्षेत्रीय समितिमा पनि भूमिका निर्धारणमा जोड गर्ने ।
६. एक कार्यकालमा सम्पूणर् क्षेत्रको आयोजनामा ग्लोवल क्षेत्रीय भेला आयोजनामा पहल गर्ने ।
७. एनआरएनए संस्थागत भइसकेकोले स्वदेशको पर्यटन प्रवर्धनका लागि पर्यटन बोर्डले चयन गर्ने पर्यटन दुत सम्बन्धित देशको राष्ट्रिय समन्वय परिषदको अध्यक्ष स्वतः हुने ब्यवस्थाको लागि पहल र समन्वय ।
८. नेपालीको लागि नेपाली भन्ने नाराको भावना अनुसार (कर्म थलो) देशमा विभिन्न कारण जेलमा रहेका नेपालीहरुको अवस्था र तथ्यांक संकलन गरि सरोकारवालासँग समन्वय गरी एनआरएनए मेरो अभिभावकत्व हो भन्ने प्रत्याभूति दिलाउन न्यायिक प्रकृयामा सहयोग गर्ने ।
९. एनसिसी अधिवेशनमा भाग लिने प्रतिनिधि स्वतह आईसिसीको पनि अधिवेशन प्रतिनिधि बन्ने प्रावधान निर्माणमा सरोकारवालासँग पहल र समन्वय गर्ने ।
यी प्रतिबद्धतासहित गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा घिमिरेले उम्मेदवारी दिएको बताउनु भयो ।