• मंसिर १२ २०८१, बुधबार

स्वस्थकर जीवनयापनको लागि उपायहरु

आश्विन ३० २०८०, मंगलवार

मानिसको जीवनशैलीले प्रत्यक्षरुपमा रोगसँग लड्ने क्षमता बढाउँछ भन्ने अहिलेसम्म कुनै प्रमाण भेटिएको छैन । तर, खानेकुरा, शारीरिक अभ्यास, उमेर, मनोवैज्ञानिक दबाब र अन्य विभिन्न पक्षको सकारात्मक असर रोगसँग लड्ने क्षमतामा पर्छ । यस्तोमा रोगसँग लड्ने क्षमता बढाउन स्वस्थ जीवनशैली अपनाउनु आवश्यक रहेको विभिन्न अध्ययनले देखाएका छन् ।

स्वस्थकर जीवनयापनको लागि  यी उपाय अपनाउनु राम्रो हुन्छ :–

धुम्रपान नगर्नु

तरकारी र फलफूल खानु

नियमित शारीरिक अभ्यास

तौल सन्तुलनमा राख्नु

अल्कोहल ठिक मात्रामा मात्र खानु

पर्याप्त सुत्नु

राम्रोसँग हात धुने र राम्ररी पाकेको खानेकुरा मात्र खाने

तनाव कम गर्ने प्रयास