• फाल्गुन २६ २०८२, मंगलवार

आफैले सञ्चालन गरेको इजरायलविरुद्ध विश्व जनमत बढ्न थालेपछि जो बाइडेन इजरायल भ्रमण जाँदै

आश्विन २९ २०८०, सोमबार

अमेरिकी राष्ट्रपति जो बाइडनले सोमबार कोलोराडो भ्रमणको योजना अचानक रद्द गरेको ह्वाइट हाउसले जानकारी गराएको छ । राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बाइडेनलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायल भ्रमणको निम्तो दिएको बताएका छन् ।

कोलोराडोमा ‘विन्ड टर्बाइन म्यानुफ्याक्चरर प्लान्ट’को अवलोकन गर्न गएका ८० वर्षीय बाइडेनले आर्थिक पुनरुत्थान र पर्यावरण समर्थक सन्देशलाई आफ्नो २०२४ को पुनः निर्वाचन अभियानको केन्द्रमा राखेका छन् ।

ह्वाइट हाउसका अनुसार अन्तिम समयमा रद्द गरिएको भ्रमण पुनः निर्धारित हुनेछ । ह्वाइट हाउसले जारी गरेको एक संक्षिप्त वक्तव्यमा बाइडेन राष्ट्रिय सुरक्षा बैठकमा भाग लिन वासिङ्टनमै रहने उल्लेख गरिएको छ । किर्बीले बाइडेन इजरायल र हमासबीच के भइरहेको छ भन्नेमा केन्द्रित रहने बताएका छन् ।

क्जिओस र सीएनएनलगायतका विभिन्न सञ्चारमाध्यमले अमेरिकी र इजरायली अधिकारीहरूले बाइडेनको सम्भावित इजरायल भ्रमणबारे छलफल गरिरहेको जनाएका छन् ।

अक्टोबर ६ मा गाजाबाट हमासले गरेको आक्रमणको बदलामा सयौँ इजरायली नागरिकको ज्यान जाने गरी भएको आक्रमणको बदलामा बाइडेनले अमेरिकाको नजिकको सहयोगी इजरायललाई बलियो समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।

बाइडेनले फेब्रुअरीमा उच्च जोखिमयुक्त अर्को युद्धक्षेत्र युक्रेनको भ्रमण गरेका थिए । उनले अन्तिम पटक सन् २०२२ को जुलाईमा इजरायलको भ्रमण गरेका थिए ।