• फाल्गुन २६ २०८२, मंगलवार

अमेरिकाको साथ नपाएपछि गाजाबाट पछि हट्दै इजरायली सेना, हमासले पायो रुस लगायतका देशको साथ

आश्विन २९ २०८०, सोमबार

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजास्ट्रिप कब्जा गर्नु ठूलो गल्ती हुने बताएका छन् । एक अन्तर्वार्तामा इजरायलको गाजा कब्जा नीतिलाई अमेरिकाले समर्थन गर्छ भनेर सोधिएको प्रश्नको जवाफमा अमेरिकी राष्ट्रपतिले भनेका छन्, ‘त्यसो भएको खण्डमा त्यो इजरायलको ठूलो गल्ती हुनेछ ।’

बाइडेन थप भन्छन्, ‘हमास चरमपन्थीहरूले सबै प्यालेस्टाइनी जनताको प्रतिनिधित्व गर्दैनन् । र, मलाई लाग्छ कि इजरायलले गाजालाई पुनः कब्जा गर्नु गल्ती हुनेछ ।’ हमासले अक्टोबर ७ मा गाजा क्षेत्र र इजरायलभित्रै घुसेर आक्रमण गरेको थियो । त्यसपछि इजरायली सेनाले लगातार हवाई हमला गरिरहेको छ । बाइडेनका अनुसार गाजाभित्र जानु र अतिवादीहरूलाई बाहिर निकाल्नु अहिलेको महत्वपूर्ण काम हो । उनले इजरायलले युद्धको नियमअन्तर्गत काम गर्नेछ भन्नेमा आफू विश्वस्त रहेको पनि बताए ।

बाइडेनले हमासबाट आफ्नो रक्षा गर्नु इजरायलको अधिकार र कर्तव्य रहेको कुरा बारम्बार दोहोर्‍याए । यसैबीच, अमेरिकी राष्ट्रपति बाइडेनले गाजालाई कब्जा गर्नू इजरायलको ठूलो गल्ती हुनेछ भनेर अभिव्यक्तिपछि इजरायलले प्रतिक्रिया जनाएको छ । इजरायलले गाजा कब्जा गर्ने विषयमा आफूहरूलाई कुनै चासो नभएको बताएको हो ।

संयुक्त राष्ट्रसंघका लागि इजरायली राजदूत जिलाड अर्डनले सीएनएनसँग भनेका छन्, ‘हामी आफ्तो अस्तित्वको लडिरहेका छौँ । हमासको उपस्थिति समाप्त गर्नु हाम्रो उद्देश्य हो । हामी यसका लागि लडिरहन्छौँ ।’ तर, गाजा कब्जा गर्ने विषयमा इजरायललाई चासो नभएको उनी बताउँछन् ।

यसबीचमा पाँच लाख मानिसहरूले उत्तरी गाजा क्षेत्रको गाजासिटी लगायतका क्षेत्र छाडिसकेको इजरायलका सेनाले बताएका छन् । गत शुक्रबार मात्र इजरायलले २४ घण्टाभित्र ती क्षेत्रहरू खाली गरेर दक्षिणी गाजातर्फ जान प्यालेस्टाइनी नागरिकहरूलाई आग्रह गरेको थियो । ती क्षेत्रमा भीषण कारबाहीको तयारी थालिएको छ तर, तोकिएको समयभित्रै मानिसहरूले सो क्षेत्र छाड्न नसक्ने राष्ट्रसंघ लगायतका अधिकारवादी संस्थाहरूले बताएका थिए ।