• फाल्गुन ३० २०८२, शनिबार

सरकारको गति र मति यस्तै रहे देश ठूलो संकटमा फस्छ : कांग्रेस सांसद गौतम

आश्विन २६ २०८०, शुक्रबार

काठमाडौं । कांग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकारको गति र मति यस्तै रहे देश ठूलो संकटमा फस्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले वर्तमान गठबन्धन सरकारले स्थिरता, समृद्धि दिएर आम नागरिकको निरासालाई चिरोस् भन्ने अपेक्षा गरे पनि त्यसो हुन नसकेको बताए ।

उनले देशमा भ्रष्टाचार र अराजकता व्याप्त भएको बताए । सांंसद गौतमले जनतामा निरासा पैदा भएको बताए । देशमा विकास निर्माणका काम पनि ठप्प भएको उनको आरोप छ । सांसद गौतमले सरकारको गति र मति यस्तै रहेमा देशमा लोकतन्त्र नरहने र संविधानमा संकट आउने बताए ।

‘सरकारको यही गति र मतिमा हिँड्ने हो भने यो लोकतन्त्र पनि रहँदैन । संविधानमा पनि संकट आउँछ । देश ठूलो संकटमा फस्छ,’ उनले भने । सांसद गौतमले देशमा विधिको शासन स्थापित गर्न नसकेर न्याय हराउँदै गइरहेको बताए ।