• फाल्गुन ३० २०८२, शनिबार

कोशी प्रदेशमा केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न दबाब दिन ४८ सांसद प्रदेश प्रमुखको कार्यालयमा उपस्थित हुँदै

आश्विन २६ २०८०, शुक्रबार

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीलाई नियुक्त गर्न दबाब दिन कोशी प्रदेशका ४८ जना प्रदेश सभा सदस्य प्रदेश प्रमुखको कार्यालयमा सशरीर उपस्थित हुने भएका छन् ।

बिहीबार नै नेकपा एमालेका ३९ र काङ्ग्रेसबाट विद्रोह गरेका ९ जना प्रदेश सभा सदस्य सशरीर प्रदेश प्रमुखको कार्यालयमा उपस्थित हुने भएका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङ्गले आज ५ बजेपछि नियुक्तिको प्रक्रिया सुरु गर्ने भनेकाले दबाब दिन सशरीर नै उपस्थित हुन लागेको एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले बताए ।

बिहीबार साँझ कोशी प्रदेश प्रमुख परशुराम खापुङ समक्ष प्रदेश सभा सदस्य केदार कार्कीले मुख्यमन्त्रीमा ४७ जना प्रदेश सभा सदस्यको हस्ताक्षर सहित मुख्यमन्त्रीको दाबी पेस गरेका थिए ।