काठमाडौं । कांग्रेसको संस्थापन पक्षले कोसी प्रदेशको मुख्यमन्त्रीको विषयमा शेखर समूहले अकस्मात निणर्य गरेको टिप्पणी गरेको छ ।
पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति शेरबहादुर देउवाले मिलाउन खोजेपनि परिस्थिति अर्कै बनेको बताए । ‘जसको नाममा प्रस्ताव भयो उहाँको उताउलो गतिविधि थियो नै । सभापतिजीले सम्झाइ बुझाई गर्न खोज्नुभएको हो,’ उनले भने, ‘यस्तो होला भन्ने लागेन, सबै आकस्मिक भयो ।’
प्रचार विभाग प्रमुख विश्वकर्माले अब के गर्ने भन्ने विषयमा पार्टीले बसेर निणर्य गर्ने बताए । ‘एक वा दुईजना भए पार्टीले कारबाही गर्ने कुरा आउँथ्यो । अब समूहको कुरा भएको र त्यो पनि विषम परिस्थितिमा भएकाले पार्टीले बसेर छलफल गर्नुपर्ने हुन्छ,’ उनले थपे, ‘प्रदेश संसदीय दलको बैठक बस्ला । दुवैतिर हाम्रो सांसदको हस्ताक्षर भएको छ त्यसका भेरिफाइ होला अनि पार्टी बसेर निणर्य हुन्छ ।’