• फाल्गुन ३० २०८२, शनिबार

कांग्रेस संसदीय दलको बैठक बस्दै

आश्विन २३ २०८०, मंगलवार

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

कांग्रेस संसदीय दलले हिजो नै एक विज्ञप्ति जारी गरी आज दिउँसो संसद भवन नयाँबानेश्वरमा दलको बैठक बस्ने जानकारी गराएको थियो ।

बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।