• जेष्ठ ८ २०८३, शुक्रबार

रसुवामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

आश्विन २२ २०८०, सोमबार

आमाछोदिङ्मो गाउँपालिका अन्तर्गत–२ नेशिङ खोलामा आज साँझ मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार दुर्घटनामा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको हो।

नेशिङ्बाट आलु बोकेर ग्रेगाउँतर्फ गइरहेको ट्रक सडकबाट करिब दुई सय मिटर तल खसेको थियो।

घाइतेहरुलाई उपचारार्थ जिल्ला अस्पताल पुर्‍याउन एम्बुलेन्स दुर्घटना स्थलतर्फ पठाइएको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए।