• जेष्ठ ८ २०८३, शुक्रबार

अन्य देशले आफ्ना नागरिकको उद्धार गर्‍यो, इजरायली बंकरमा नेपाली मात्रै

आश्विन २२ २०८०, सोमबार

काठमाडौँ । इजरायल र गाजाबीच शनिवारदेखि युद्ध जारी छ । उक्त युद्धमा परेका १० जना नेपाली विद्यार्थीको मृत्यु भयो ।

हवाई हमलासँगै आतङ्कवादी हमला निरन्तर जारी छ । जसले गर्दा नेपालीहरू निकै त्रासमा छन् । उनीहरूले निरन्तर रूपमा उद्धारका लागि अनुरोध गर्दै आएका छन् । तर, अहिलेसम्म उद्धार हुन सकेको छैन ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी अजुर्न गिरीकाअनुसार अन्य देशका नागरिकहरूको धमाधम उद्धार भयो । तर, युद्धग्रस्त क्षेत्र नजिकै रहेका नेपाली विद्यार्थीको भने शनिवारदेखि आजसम्म उद्धार हुन सकेको छैन । आफूहरूसँगै रहेका थाइल्यान्ड, इजरायल लगायतका अन्य देशका विद्यार्थीको उद्धार गरिएको उनको भनाई छ ।