• जेष्ठ ८ २०८३, शुक्रबार

इजरायलमा मृत्यु भएका सुदूरपश्चिमका ७ जना विद्यार्थीका परिवारलाई प्रदेश सरकारले प्रति परिवार दुई लाख दिने

आश्विन २२ २०८०, सोमबार

काठमाडौं । इजरायलमा मृत्यु भएका सुदूरपश्चिमका ७ जना विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाखका दरले रकम दिने निर्णय गरेको छ।

सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विद्रोही समूहको आक्रमणबाट ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीहरूका परिवारलाई दुई-दुई लाख रुपैयाँ उपलब्ध गराइने जनाएको छ।

मुख्यमन्त्री कमल शाहले हस्ताक्षर गरेको विज्ञप्तिमा इजरायलबाट शव ल्याउन सहजीकरण गरिदिन संघीय सरकारलाई अनुरोधसमेत गरेको छ।