काठमाडौं । काठमाडौंको जडीबुटीमा केही तेस्रोलिंगी र युवाहरूबीच भनाभन हुँदा केही सवारी साधनमा तोडफोड भएको छ ।
जडीबुटीबाट कोटेश्वरतर्फ सडकमा उभिएका १५/१६ जनाको समूहमा रहेका तेस्रोलिंगीलाई मोटरसाइकलमा रहेका केही युवाले जिस्काएपछि घटना भएको बानेश्वर प्रहरी वृत्तका डीएसपी शिवराज बुढाथोकी जानकारी दिए ।
बाटोमा उभिएका तेस्रोलिंगीको समूहलाई मोटरसाइकलमा रहेका युवाहरुले जिस्काएपछि भएको घटनामा दुई युवा र एक तेस्रोलिंगी सामान्य घाइते भएका डीएसपी बुढाथोकीले बताए । घटनास्थलमा प्रहरी पुगेपछि सबै भागेका र स्थिति सामान्य रहेको उनले जानकारी दिए ।