• फाल्गुन ३० २०८२, शनिबार

सामाजिक संजालमा सकृय रहन कार्यकर्तालाई केपी ओलीको निर्देशन

आश्विन १९ २०८०, शुक्रबार

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सामाजिक सञ्जालमा सक्रियता बढाउन निर्देशन दिएका छन् । शुक्रबार उपत्यका विशेष कमिटीको अधिवेशनको उद्घाटन गर्दै उनले सामाजिक जागरण, अन्योल चिर्नका लागि हस्तक्षेप गर्नु आवश्यक रहेको बताए ।

‘सामाजिक सञ्जालमा सक्रियता, हस्तक्षेप आवश्यक छ,’ उनले भने, ‘साथीहरुको फेसबुकमा कामका कुरा, ज्ञानका कुरा केही लेखेको छैन । चिनेका साथीहरुको फेसबुक हेर्यो, कामको कुरा केही छैन । यस्तो हस्तक्षेप होइन, जगारणका लागि, भ्रम, अन्योल चिर्नका लागि हस्तक्षेप । अगाडि बढ्ने उपाय, पार्टी युनिटी, पार्टीमाथिको प्रहार रोक्नका लागि हस्तक्षेप आवश्यक छ ।’

उनले चेतना अभिवृद्धिका लागि सामाजिक सञ्जालमा सक्रिय रहन आग्रह गरे । ओलीले बेठिकका विरुद्ध, ठिकका पक्षमा हस्तक्षेप गर्न निर्देशन दिए ।