१) खाना खाइसकेपछि अलैंचीको सेवन गर्नाले यसमा हुने रसायनिक गुणले खाना पचाउनुका साथै रगत सफा गर्न मद्दत गर्छ ।
२) अलैंचीको सेवनले पेटमा ग्याँस्ट्राइटिस तथा अल्सर हुनबाट बचाउँछ ।
३) एककप पानीमा अलैंचीको धूलो, अदुवाको रस तथा एक चिम्टी हिंङ राखेर पिउनाले पेट सम्बन्धी समस्याबाट छुटकारा पाउन मद्दत गर्छ ।
४) यसको नियमित सेवनले त्वचामा चमक पैदा गर्नुका साथै मुखको दुर्गन्ध हटाउँछ ।
५) अलैंचीको नियमित सेवनले कब्जियत तथा अपच सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।