• आश्विन १३ २०८१, आईतवार

कलेजो बिग्रिएको थाहा पाउने ५ संकेत

आश्विन १८ २०८०, बिहीबार

शरीरको अन्य अंगहरु जस्तै कलेजो पनि शरीरको महत्त्वपूर्ण अंग हो । कलेजोले काम गर्न छोडे मानिसको मृत्यु हुन्छ । कलेजोको सम्बन्ध पाचन प्रक्रियासँग हुन्छ । यसले शरीरमा भएको रसायनलाई फिल्टर गरी पित्त उत्पादन गर्छ र दिसा र पिसाबको रुपमा बाहिर फाल्छ ।

कलेजोमा समस्या आयो भने शरीरमा विभिन्न संकेत देखा पर्दछ । जसको तत्काल उपचार गराइहाल्नुपर्छ ।

कलेजोमा समस्या हुँदा शरीरमा देखिने संकेत :

– खाना मिठो नलाग्नु: खान मन लाग्दालाग्दै कुनै पनि खानाको स्वाद थाहा हुँदैन। बारम्बार स्वाद फरक लाग्छ र मुखबाट अर्कै गन्ध आउँछ।

– रगत बान्ता हुनु: कलेजोको समस्या बढ्दै गयो भने रगत बान्ता हुन थाल्छ । बान्तामा रगतको छिर्का देखियो भने कलेजोको समस्या हुनसक्छ ।

– हातखुट्टा सुन्निने: कलेजो अस्वस्थ हुँदा हातखुट्टा सुन्निन थाल्छ । पेटभन्दा तल पनि सुन्निएको महसुस हुन्छ । यदि हात गोडा धेरै सुन्नियो भने कलेजोमा समस्या भएको हुनसक्छ ।

– छाला पहेँलो हुँदै जानु: कलेजोमा समस्या आए शरीरका छालाहरू पहेँलो हुँदै जान्छ । आँखा पनि पहेँलो हुँदै जान्छ । पिसाबमा पनि पहेँलोपना बढ्दै जान्छ । यस्तो भए कलेजोको समस्या हुनसक्छ ।

– कमजोरी: परिश्रम नगरी बारम्बार थकान र कमजोरी महसुस हुने, निन्द्रा कम लाग्ने भयो भने पनि कलेजोको समस्या हुनसक्छ ।-एजेन्सी