• फाल्गुन ३० २०८२, शनिबार

एमाले कोशी प्रदेशको अध्यक्षमा खतिवडा विजयी

आश्विन १६ २०८०, मंगलवार

काठमाडौँ । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् ।

गएराति सम्पन्न मतगणनाको पछिल्लो परिणाम अनुसार खतिवडा ५ सय १२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी विनोद ढकालले ४ सय ३० मत प्राप्त गरे ।

उपाध्यक्षमा भने धनकुटाका टीकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित भएका थिए ।

यस्तै, सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई विजयी भए ।

एमाले कोशी अधिवेशनमा कूल ९९७ प्रतिनिधिमध्ये ९७७ मत खसेको थियो ।