• आश्विन १३ २०८१, आईतवार

रक्सीको ह्याङ ओभर यसरी हटाउनुहोस्

आश्विन १६ २०८०, मंगलवार

मदिरा सेवन गर्ने अधिकांशको समस्या ह्याङ ओभर बन्ने गर्दछ ।

अत्यधिक मात्रामा मदिराको सेवन गरेमा ‘ह्याङ’ हुन्छ । जसका कारण उठेर हिँड्न खोज्दा पनि ठोक्किँदै हिँड्नुपर्ने, बोली लरबरिने तथा अस्पष्ट देखिने हुन्छ, जसलाई ह्याङओभर भनिन्छ ।

थोरै पिउने योजनाका साथ शुरु भएको मदिरा पिउने कार्यक्रम पिउँदा पिउँदै धेरै पिउने र अर्को दिन ह्याङ ओभर हुने गर्दछ । यसले उसको शरीरसहित काम पनि प्रभावित हुन्छ । यस्तोमा मदिराको ह्याङ ओभरबाट कसरी मुक्ति पाउने त ?

– मदिरा पिएर ह्याङ ओभर भए छिनछिनमा पानी पिउने ।
– उपलब्ध भए नरिवलको पानी पिउँदा राम्रो हुन्छ ।
– काँचो अदुवा खाँदा पनि ह्याङओभर हट्न सक्छ ।
– मदिराले शरीरमा ग्लुकोजको मात्रामा कमी गराउँछ त्यसैले गोलभेँडाको जुस खानु पर्छ ।
– ह्याङ भएको बेला केरा खानु पनि लाभदायक हुन्छ ।
– कुरीलोले पनि शरीरको अल्कोहल घटाउँछ ।
– सम्भव भए कुरीलोको अचार खाँदा राम्रो हुन्छ ।