• असार ४ २०८२, बुधबार

समान वृत्ति विकासको माग गर्दै स्थानीय तहका कर्मचारी आन्दोलनमा

आश्विन १५ २०८०, सोमबार

काठमाडौं । तीनै तहका कर्मचारीहरूको समान वृत्ति विकासको माग गर्दै स्थानीय तहका कर्मचारीले संघीय राजधानी काठमाडौं आएर आन्दोलन सुरु गरेका छन् ।

निजामतीको परिभाषाभित्र स्थानीय तहका कर्मचारीसमेत समेटिनुपर्ने लगायत विभिन्न माग राख्दै स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।

उनीहरूले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय तहमा वैज्ञानिक पूर्वानुमानयोग्य चक्रीय प्रणालीमा सरुवा गरिनुपर्ने लगायतका माग राखेका छन् ।