• माघ १८ २०८१, शुक्रबार

अभिनेता अनमोल केसी हिरासतमुक्त

आश्विन १५ २०८०, सोमबार

काठमाडौं । ठगी आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन्।

चलचित्र ‘रावायण’ फिल्मका लागि एड्भान्स लिएर काम नगरेको र रकम पनि फिर्ता नगरेको भन्दै निर्माता सुप्रिया कटुवालले दायर गरेको उजुरीपछि केसी पक्राउ परेका थिए।

शुक्रबार पक्राउ परेका केसीलाई प्रहरीले म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। अदालतले उनलाई तीन दिनको म्याद थप गरेको थियो।

तर अदालतले उक्त तीन दिनको म्याद आजसम्मको लागि मिलान गरेको थियो। उनलाई हाजिरी जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए।