• असार ४ २०८२, बुधबार

पेमेन्ट गेटवेमा भ्रष्टाचार: उद्योग मन्त्रालयका सचिवसहित ७ जनाविरुद्ध मुद्दा दायर

आश्विन १५ २०८०, सोमबार

काठमाडौं । नेपाल सरकारका बहालवाला सचिव र राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन अध्यक्ष सहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार शर्मासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

७ जनाविरुद्ध २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

६ वर्ष अगाडि नेसनल पेमेन्ट गेटवे खरिद गरेर भ्रष्टाचार गरिएको भन्दै उनीहरुविरुद्ध मुद्दा दायर भएको हो। कमिसनको चक्करमा किनिएको एक्त गेटवे अहिलेसम्म प्रयोगमा आउन सकेको छैन।

शर्मासँगै तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, नेपाल टेलिमकका प्रबन्ध निर्देशक सुनिल पौडेल, एनआईटीसीका तत्कालीन निर्देशक तथा हालका उपनिर्देशक सफल श्रेष्ठ, अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन महाशाखा प्रमुख तथा हाल उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव मधु कुमार मरासिनी, एआईटीसीका सहायक निर्देशक रमेश प्रसाद पोखरेल भन्ने रमेश पोखरेल, एनआईटीसीका तत्कालीन लेखा अधिकृत नीमबहादुर वली, एनआईटीसीका कम्युटर इन्जिनियर रामशरण गायक विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।