नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीमा भेटी चढाएको भरमा नियुक्ति दिने परम्परा बढ्दै गएको टिप्पणी गरेका छन् । त्यसको अन्त्य नभएसम्म पार्टी बन्न नसक्ने उनले बताए ।
आइतबार १४औँ महाधिवेशनको संकल्पः उत्साह, एकता र रुपान्तरण विषयक विचार गोष्ठीमा केसीले भने, ‘भेटी चढाएको भरमा नियुक्ति गर्ने परम्परा रहेसम्म यो पार्टी बन्दैन ।’
आमकार्यकर्ताले सभापति चुन्ने पद्धतिमा जानुपर्ने उनको भनाइ छ । संघीय र प्रदेशसभाका सांसदहरूको संख्या पनि घटाउनुपर्नेमा उनले जोड दिए ।
‘हामीकहाँ यत्रो प्रदेशसभा र संघीय संसद संख्या छ, आधा-आधा घटाऔँ,’ केसीले भने, ‘सभापति पद्धतिमा जाने भए जाउँ । आमकार्यकर्ताले सभापति चुन्नुपर्छ ।’