काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भदौ ३० गते अमेरिका गएका प्रचण्ड उतैबाट असोज ५ गते चीन भ्रमणमा गएका थिए । चीन भ्रमणबाट शनिवार स्वदेश फर्किएका प्रचण्डले आइतबार नै संसदमा बोल्न लागेका हुन् ।