• मंसिर १२ २०८१, बुधबार

पिनासका लक्षणहरु र यसको प्राकृतिक उपचार

आश्विन १४ २०८०, आईतवार

पिनासले धेरैलाई सताउने गर्छ । पिनासलाई डाक्टरी भाषामा साइनोसाइटिस भनिन्छ । साइनोसाइटिस भनेको नाकवरिपरिका पिनास ग्रन्थिहरु (साइनास) को इन्फ्लामेसन अथवा (सुन्निएर रातोतातो भई दुख्नु र काम गर्न छाड्नु) हो । यी साइनस ग्रन्थिहरु नाकको वरिपरिका हड्डीमा पाइने हावा भरिएका खोक्रा संरचनाहरु हुन् ।
साइनसले टाउकोलाई हलुका बनाउन, स्वरलाई स्पष्ट बनाउन, श्वास क्रियामा सहजतापूर्वक श्वास लिन, अनुहारमा चोटपटक लाग्दा धेरै क्षति हुनबाट बचाउन सहयोग गर्नेजस्ता कार्य गर्दछन् । यी साइनसमा प्राकृतिकरूपमा हावा भरिएको हुन्छ, तर यदि हावा भरिएको हड्डीको खोक्रो भाग सुन्निएर रातो–तातो भई यसभित्र कफ जम्ने स्थितिलाई पिनास (साइनोसाइटिस) भनिन्छ ।

लक्षणहरू

१) रुघा लाग्नु ।

२) टाउको भारी भएर दुख्नु ।

३) पिनासको गन्थ्रीको क्षेत्रमा दबाव दिँदा दुख्नु ।

४) स्वर परिवर्तित हुनु ।

५) नाकको वरिपरी वा आँखाको ठिक माथि पीडा हुनु ।

६) दाँत दुख्नु ।

७) गन्धग्रहण शक्ति कमजोर हुने ।

८) स्वाद ग्रहण शक्ति कमजोर हुने ।

९) ज्वरो आउने ।

१०) बेचैनी बढ्नु ।

११) नाक बुझिनु  ।

१२) नाकबाट सिंगान बग्नु ।

१३) घाँटी खसखसाउनु ।

१४) थकान ।

१५) श्वास गन्हाउने ।

१७) हाच्छुयु आउने ।

१८) अनुहार सुन्निने ।

उपचार

पिनासको उपचार गर्नुभन्दा पहिलो हामीले पिनास हुनको कारण पत्ता लगाउनुपर्ने हुन्छ । यसका साथसार्थ पिनासको प्रकार पिनास बढाउने र घटाउने तत्वहरूपनि थाहा पाउनुपर्ने हुन्छ । कारणको इकिन निक्र्यौल गरी उपचार गर्दा उपचार चाडो लाग्दछ र समस्यालाई जरैदेखि उखेल्न सकिन्छ ।

प्राकृतिक उपचार

१) जलनेती गर्नेः प्रचिनकालदेखिनै ऋषिमुनीहरूले नाकको सफाई गर्नको लागि उपयोग गरेको यौगिक विधिलाई जलनेती भनिन्छ । नेतीको भाडामा उमालेर मनतातो बनाइएको नुनपानीलाई एउटा नाकको प्वालबाट अर्को प्वालबाट निकाल्ने पद्दतिले पिनास नियन्त्रण गर्छ ।

२) सूत्रनेतिः रबरको नली वा मैनले भिजाएको चिल्लो डोरीलाई एउटा नाकको प्वालबाट पसाएर मुखबाट निकालेर घारघुर गरि पुरै  श्वासमार्गलाई नै सफाई गर्ने क्रियालाई सूत्रनेती भनिन्छ । सूत्रनेति गरिसकेपछि पुनः जलनेति गर्नु पर्छ ।

३) अनुहारको वाफ लिनेः उम्लिाएको पानीमा नाक खुलाउने दबाई हाली वा नहालीकन पानीको वाफमा अनुहार एक्सपोज गरी कपडाले पुरै टाउको र वाफको भाडोसहित ढाकेर नाकबाट वाफ लिनेगर्दा तातो वाफले पिनास ग्रन्थीमा भएको फोहर निकाली प्रदाह कमा गर्न मद्दत गर्दछ । नोटः वाफ लिँदा आँखा बचाएर लिने गरौँ ।

४) कुन्जल क्रियाः उमालेर मनतातो बनाएको पानीमा नुन हाली ८-१० गिलास पानी पिएर वमन गर्ने विधिलाई कुञ्जल क्रिया भनिन्छ । कुञ्जल गर्दा आमाशय सफा हुन्छ नै । साथसाथै यसले नाक र पिनास ग्रन्थीमा जम्मा भएर रहेको फोहरलाई पनि बाहिर निस्कन मद्दत गर्दछ ।

५) टाउकाको मालिसः तातो तेल ठोकेर टाउकाको मालिस गर्दा तातो एवं मर्दन विधिले पिनास कम गर्न मद्दत पुर्‍याउँदछ ।

६) मसलाहरूको सेवनः तिक्ष्ण स्वाद भएका मसलाहरूजस्तै तोरी, ल्वाङ, प्याज, लसुन, मरिच, कडीपत्ता, बेसार, आदि हालिएको सब्जी खादा पिनास घटाउन मद्दत गर्दछ । विशेषतः यी तिक्ष्ण स्वादका वस्तुले कफ काट्नेछ ।

७) अकुप्रेसरः अनुहारका पिनास ग्रन्थीमाथि वा वरपरका अकुप्रेसर विन्दुहरूमाथि वा हतेकला वा पैतालाका विन्दुह दवाउँदा पिनासबाट छुटकारा पाउन सकिन्छ ।

८) भुइकटहरको गुवो वा अंगुरको बिचको प्रयोगः भुकटहरको गुवोमा ब्रोमेलिन नामको प्रोटिन पाईन्छ । यो प्रोटिनको उपयोग सुनिएको घाउ सुकाउन प्रयोग गरिन्छ । ब्रोमालिनको सेवनले पिनास तथा ध्राणमार्गको सुजन कम गर्न सहयोग गर्दछ ।

९) गाईको घिउः सुत्नुभन्दा पहिले २-३ थोपासम्म मनतातो गाईको घिउ नाकमा हाल्नाले पिनास कम गर्न मद्दत गर्दछ ।

१०) प्रशस्त पानी पिउनस्ः पिनास भएकाहरूले प्रशस्त पानी पिउने गर्नुपर्छ । पानीको निहुमा कोल्डडि्रङ्क्स, पेप्सी, जुस, चिनी हालिएका पेप सुप आदि पिउनुहुँदैन । रक्सी र चुरोटको सेवन पनि पिनासका लागि हानिकारक छ । पेय पदार्थको सेवन गर्दा कफ काट्ने पदार्थको छनौट गर्नुपर्छ ।

११) नाकभित्र मासु पलाएको, सुन्निएको हड्डी बाङ्िगएको वा नासिका मार्ग थुनिएको भए चिकित्सकको यथाविधि परामर्श लिने गरौँ ।