काठमाण्डाै । एमालेको बाग्मती प्रदेश कमिटीको अध्यक्षमा रामेछापका कैलाश ढुङ्गेल निर्वाचित भएका छन् । गएराति सकिएको मतगणनामा ढुङ्गेल ६९६ मत प्राप्त गरी निर्वाचित भएका हुन्। अध्यक्षका अर्का प्रत्यासी कृष्णप्रसाद दाहालले ४३९ मत प्राप्त गरे।
यस्तै, उपाध्यक्षमा दावा दोर्जेलामा ६१५ मतसहित निर्वाचित भएका छन् । सचिवमा नवराज सिलवाल एक मत बढी ल्याएर विजयी भएका छन् । उनले ५६८ र अर्का प्रत्यासी हस्त पण्डितले ५६७ मत प्राप्त गरे।
यस्तै, उपसचिवमा प्रेमकुमार महर्जन र भक्तकुमारी लामा विजयी भएका छन् । नेतृत्वले सर्वसम्मतिबाट प्रदेश कमिटी चयन गर्ने प्रयास असफल भएपछि हिजो मतदान भएको हो ।