• असार ४ २०८२, बुधबार

क्यानडा-भारत विवाद, भारतले पनि जारी गर्‍यो गैरजरुरी भ्रमण नगर्न एडभाइजरी

आश्विन ३ २०८०, बुधबार

भारत र क्यानडाबीच विवाद चर्किएको छ । क्यानडाले आफ्नो नागरिकलाई भारतको गैरजरुरी भ्रमण नगर्न एडभाइजरी जारी गरेपछि भारतले पनि जवाफी रुपमा एडभाइजरी जारी गरेको छ ।

भारत र क्यानडाबीच पछिल्ला दिनहरूमा क्यानडामा खालिस्तानी आन्दोलन गरिरहेका एक जनाको हत्या भएपछि विवाद बढेको हो । ती खालिस्तानी नेताको हत्यामा भारतीय एजेन्सीको संलग्नता रहेको क्यानडाले दाबी गरेको छ भने भारतले भने त्यसको खण्डन गरेको छ ।

सुरुमा क्यानडाले एकजना भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको थियो भने भारतले पनि आफ्नो देशमा रहेका क्यानडाका कूटनीतिज्ञलाई देश छाड्न भनेको थियो ।