• बैशाख १० २०८२, बुधबार

शिक्षकहरु मन्त्रालयले बोलाएको वार्तामा नजाने, आन्दोलनको तयारी गर्दै

आश्विन २ २०८०, मंगलवार

नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयले बोलाएको वार्तामा नजाने बताएको छ । महासंघले संसदमा दर्ता विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थामा विरोध जनाउँदै बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दैछ ।

देशैभरका विद्यालय बन्द गरेर असोज ३ गतेदेखि शिक्षकहरू आन्दोलनमा उत्रने भएका हुन् । आन्दोलन स्थगित गरेर वार्तामा आउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघलाई सोमबार आह्वान गरेको थियो ।

‘हामी वार्तामा जाँदैनौं,’ नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले भने, ‘आन्दोलनका लागि हामी बैठक बसेर आन्तरिक तयारी गर्दैछौं ।’