• जेष्ठ ९ २०८३, शनिबार

अर्काको मोबाइल नम्बर प्रयोग गरि बैंकबाट रकम चोरी गर्ने पक्राउ

आश्विन १ २०८०, सोमबार

काठमाडौं । अर्काको मोबाइल नम्बर आफ्नो नाममा सारेर बैंकबाट रकम चोरी गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-६ का २२ वर्षीय सरोज दिवाली छन् । उनलाई प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार दिवालीले पीडितको अनुमतिबिना पीडितले प्रयोग गर्ने मोबाइल नम्बर आफ्नो नाममा नामसारी गरेर सोही नम्बरको आधारमा पीडितको बैंक खातासम्म पहुँच पुर्‍याएर रकम चोरी गरेको खुलेको छ ।

उनले मोबाइल बैंकिङमामार्फत् पीडितको ६ लाख रुपैयाँ विभिन्न खाताहरुमा पठाएको खुलेको छ । सोही आधारमा उनलाइ पक्राउ गरिएको हो । पक्राउ परेका दिवालीमाथि थप अनुसन्धान जारी रहेको छ ।