काठमाडौं । ब्रेक प्याडको रुपमा भित्र्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भइसकेको अवस्थामा बरामद भएको ६० किलो बढी सुन तस्करीका लागि ७ वटा कम्पनी खडा गरेको पाइएको छ। सुन तस्करी गर्ने समूहले ६० किलोभन्दा पहिले पनि धेरैपटक सुन तस्करी गरेको पाइएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानअनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा सुन तस्करीबाट आर्जन भएको रकम १४ जनाको बैंक खातामा जम्मा गरेको पाइएको बताइएको छ।