• जेष्ठ ९ २०८३, शनिबार

३४ पृष्ठको राहदानी आवेदन सुचारु

आश्विन १ २०८०, सोमबार

काठमाडौँ । राहदानी विभागले ३४ पृष्ठको राहदानी आवेदन सुचारु गरेको छ । असोज १ देखि यो सेवा पुनः सुरु गरिएको हो ।

विभागका अनुसार प्रिइनरोलमेन्ट गर्ने सेवाग्राहीले ३४ पृष्ठ (अर्डिनरी) छनोट गरी आवेदन दिन सक्नेछन् । यसअघि असार महिनादेखि ५ हजार रुपैयाँ राजश्व तिर्दा ६४ पृष्ठकै राहदानी उपलब्ध गराउँदै आएको थियो ।