• असार ३ २०८२, मंगलवार

यस्ता छन् आजका मन्त्रिपरिषदका निर्णय

भाद्र ३१ २०८०, आईतवार

काठमाडौं । सरकारले अपर अरुण जलविद्युत् परियोजनाको पूर्व तयारीका लागि विश्व बैंकबाट प्राप्त हुने ६ मिलियन अमेरिकी डलर सहुलियतपूणर् ऋण सहायता स्वीकार गर्ने  निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको  निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले सो जानकारी गराइन् ।

बैठकले राष्ट्रिय सिँचाइ नीति, २०८० स्वीकृत गर्ने  निर्णय पनि गरेको छ । बैठकले तीन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा गर्ने  निर्णय गरेको उनले बताइन् । त्यस्तै, नेपाल न्याय सेवा, न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणीका १३ अधिकृतहरूको सरुवा गर्ने  निर्णय पनि बैठकले गरेको छ ।