काठमाडौं । नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या साढे २७ हजार पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार गएको जनवरीयता सेप्टेम्बर १६ सम्म १७ हजार ५३५ जनामा संक्रमण पुष्टि भएको छ ।
डेंगीका कारण जुलाईयता १५ जनाको मृत्यु भएको छ । कोसी प्रदेशमा सबैभन्दा धेरै २० हजार ८०२ जना संक्रमित भएका छन् ।
वाग्मती प्रदेशमा तीन हजार ९७७, मधेसमा ५३२, गण्डकीमा ८७८, लुम्बिनीमा ४६०, कर्णालीमा ७३ र सुदूरपश्चिम प्रदेशमा ८१३ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा ८९३ जना संक्रमित भएका ईडीसीडीको तथ्यांक छ ।