धरान । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा तोडफोड भएको छ । धरान-१५ स्थित खिरिया बस्तीमा रहेको बेघाको घरमा अराजक समूहका ब्यक्ति प्रवेश गरी तोड्फोड गरेका हुन् ।
तोडफोडबाट बेघाको घरको झ्यालको सिसा फुटेको छ । बेघाका कान्छा भाई विष्णु बेघालाई आक्रमण गर्न आएको समूहले उपमेयर बेघाको घर तोडफोड गरेको बताइएको छ ।
बेघाको घर तोडफोड गर्न थालेपछि तत्काल प्रहरीलाई खबर गर्दासमेत शान्ति सुरक्षा नपाएको बेघाले गुनासो गरेका छन् । उनले घटना घट्ने बित्तिकै प्रहरी बोलाउँदासमेत प्रहरी नआउनुले धरानको शान्ति सुरक्षामा प्रश्न उठेको बताए ।
सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले उपमेयरको घर तोडफोड गर्ने समूहको खोजी गर्न प्रहरी परिचालन गरिएको बताए । उनले बेघाको घरमा भएको तोडफोडमा खबर गरेर प्रहरी तत्काल नगएको विषयमा छानबिन गिरिने बताए ।