म भुपेन्द्रबहादुर खत्री हो, चिन्या छ ? तिमीहरूलाई एक घण्टामा थुन्दिन्छु । रवाफ तथा फूर्ती गजब कै रहेछ । तिमीहरूले अपराधीलाई भेट्न आएर मनोबल बढाउने ? नेपाल मात्रै होइन विदेशमा पनि कसैलाई भेट्न जाँदा सिफारिस गरेर जाने चलन छ, परिचयलाई सहज बनाउन ।
फुली थपिएर तुजुक र रक्षामन्त्री पूणर्बहादुरको सिफारिसबाट टेकु परिसर पाएर अहमता बढेको होला । मलाई नाता लगाएर आउने होइन भनेर सिधै तँ र तिमीमा झर्नसक्ने भनेपछि उहाँलाई काँग्रेसको दह्रै आशिर्वाद रहेछ । भेट्न जानु पूर्व एकजना प्रहरी अधिकृतसँग परिचय गराई माग्न प्रयास गर्दा नभेटेकै राम्रो, घाँमड छन् भन्ने बुझिएको थियो तर संस्कारबिहीन रहेछन् ।
शिवसेना, मातृशक्ति, सरोकार र यातायात व्यवसायी समितिको राष्ट्रवादी अभियन्ता सहित पुगेका सम्पूणर् व्यक्तिहरू तिनको प्रदर्शन देखेर अवाक्क भएका थियौं । ती महाशयसँग चिनापर्ची गर्ने प्रयास नै महाभुल थियो । आफू स्वयम् पत्रकारितामा अनवरत रूपले लागेको र राष्ट्रिय सरोकार मञ्च नेपालको खुलेर परिचय दिन मन लागेन । एउटा पारिवारीक पृष्ठभूमिको संस्कारमा हुर्के- बढेकोले पनि बादबिबाद गर्न चाहिनँ, त्यहि पनि नाता भन्ने शब्द जोडिएकोले थप बिबादतिर गइएन । फेरि शिवसेनाको नेताले तिनको व्यवहार देखेर पन्छिन खोजे ।
म भुपेन्द्र खत्री हो भनेर फूर्ती झार्ने भनेपछि ‘हम हए गब्बर’ भन्नेवाला बुझियो । तिनको ढोका बाहिरै नाम देखिएकै हो । पत्रकारिताको धर्म पनि समस्या बुझ्नु र कारण जान्नु नै थियो । भर्खरै अन्तर्वार्ता सिध्याएर घरमा पुग्ने बित्तिकै थुनुवालाई भेट्न जान पर्यो भनेर फोन आयो । तिनकी श्रीमती पनि आजित भइसकेकी रहेछन् श्रीमान श्यामसँग, औषधि खाने तर कुन औषधि भनेर परिवारलाई समेत नभन्ने, कहाँ जाँदैछु, कता बस्दैछु नभन्ने, कहिले महिनौं हराउने ।
राजा र राष्ट्रको समर्थककै रूपमा प्रस्तुत हुने तर प्रत्येक कार्यक्रममा बिबादित प्रहसन देखाइहाल्ने, उग्र भइहाल्ने । कुनै राष्ट्रवादी तथा धार्मिक आन्दोलन हुनुहुँदैन थियो । सो कार्यक्रममा टुप्लुक्क देखा परिहाल्ने, ‘बिन बोलाए मेहेमान’ झैं । चिनजान हुनेहरूले उनलाई मानसिक रूपले बिमार छ भन्थे । राष्ट्रिय सरोकार मञ्च नेपालले डा. शास्त्रदत्त पन्तको पुस्तक बिमोचन कार्यक्रममा उनी झुलुक्क देखिएका थिए ।
कार्यक्रम स्थलमा एक्कासी पूर्वमन्त्री प्रकाशचन्द्र लोहनी विरूद्ध ‘महाकाली बेचुवा मुर्दावाद’ भनेर नारा लगाइहाले । कार्यक्रमको सभापतित्व हाम्रै संगठनको भएकोले कार्यक्रममा आमन्त्रित नभएता पनि उनलाई सम्झाएर पठाइयो । केहि महिना अगाडी पनि माइतीघरमा राजसंस्था तथा २०४७ सालको संविधान पक्षधरले गरेका सत्याग्रह कार्यक्रममा पनि उपस्थित भई धनेन्द्रबहादुर बस्नेत तथा अन्य सत्याग्रहीसँग हाथापाई गरिरहेको भिडियो भाइरल भएको थियो । उनी कुनै संघ-संस्था तथा पार्टीसँग आबद्ध नभएता पनि कुनै पनि राष्ट्रवादी धर्ना जुलुसमा पुगिहाल्थे ।
श्यामबहादुर विदेशमा जाँदा पैसा फसेकोले मुद्दा मामिलामा थिए र व्याग भरि डकुमेण्ट लिएर हिंड्ने गर्थे भन्ने जानकारी थियो । उनी एक देशभक्त एमसिसी बिरूद्ध थिए । उनी यो व्यवस्थाप्रति अराजक थिए, देशको व्यबस्था तथा निजी कारणले । उनको प्रायः भिडियोमा पनि मारकाटकै कुरालाई युट्युबरले प्राथमिक दिएको देखिन्छ । प्रायः युट्युबरले पनि भाइरल हुने आशयमा यस्ता व्यक्ति छनोट गर्छन्, जसले गर्दा तिनको पेट पालियोस् । तर किन बिचार गर्दैनन् त्यस्को परिणामको बारेमा ? उनले खुकुरी काण्ड मच्चाएको भिडियोमा राष्ट्रपति र गृहमन्त्रीले दिएको आदेश भन्दै थिए ।
सो के हो त काण्ड बारे भनेर बुझ्न जाँदा बर्दिवाला गुण्डासँग जम्काभेट भयो । भुपेन्द्रको गाली गलौज श्रवण गर्दैगर्दा एउटा डिएसपी पनि फूर्ती लाएर थुन्दिउँ थुन्दिउँ भन्दै थिए । सायद कार्यालयको सिसिटिभीमा हेर्न पाइन्छ होला, तिनको असभ्य प्रस्तुति । खास गरेर हामीलाई चाहिँ तिनले के मुद्धा लगाएर थुन्ने प्रयास गर्छन् भन्ने हेर्न अति नै रहर थियो, त्यहि पनि एक घण्टा भित्र ।
व्यवस्थाको घोर बिरोध गर्दा कैंयौं पटक आन्दोलन र धर्नाबाट समातिएका हामी भुपेन्द्रबहादुर खत्रीको फूर्तीले डराउनेवाला पनि थिएनौं । परिचय सिद्धिने बित्तिकै एउटा अभियान्ता बहिनीले सम्पूणर् प्रहरी कार्यलयमा देवी मन्दिर, सनातनी धर्म, १०८ मालाको कुरा गर्ने बित्तिकै एकदमै आक्रोसितरूपमा भुपेन्द्रलाई देख्दा पो हामी स्तब्ध भएका थियौं । वैदिक सनातनीले लिएको मुद्धाप्रति पो पूर्वाग्रही थिए कि भन्नेमा हाम्रो निचोड रह्यो ।
अनुसन्धानमा कुनै पनि हिसाबले दखल दिन वा प्रभाव पार्ने नियती पक्कै पनि धर्म तथा संस्कृतिको बहसले दिंदैन थियो भन्नेमा हाम्रो धारणाले बुझ्दा हुन्छ । तर यो व्यवस्थाप्रति यति आक्रोश छ हरेक व्यक्तिमा जसले आफैलाई जलाएर मर्न पनि पछि पर्दैनन् । श्याम त एउटा पात्र मात्रै हो, आज हरेक युवा, बुढाबुढी तथा जनतामा आक्रोश छ । आज जनताको हातहातमा खुकुरी देख्नेले यो परिवर्तन बम, गोला, बारूदले भएको हो र ढुङ्गा हान्ने तथा व्यारेक हान्नेले देश चलाइरहेका छन भनेर किन बुझ्दैनन् ?
हात हातमा खुकुरी लिएर आन्दोलनमा उत्रेका हेर्न चाहँदैनौ भने शासक वर्ग परिवर्तन भएर जनाताको मन जितेर देखाऊ, चुनाब जितेर मात्रै हुँदैन । दोषी को ? व्यक्ति, समाज कि व्यवस्था ? चन्द्र भण्डारीले शिक्षा समितिको बैठकमा भनेनन् त, हामी यस्तो किसिमको काम गरिरहेका छौं घरबाट बाहिर निस्कँदा जनताले खुकुरी नहानेर के हान्छन् त ? कति भावुकता छ उहाँको कुरामा ? गगन थापाले संसदमा कोही सिंहदरबार जलाउँछु भन्छ, कोही खुकुरी हान्छ भनेर प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ खोज्दै गरेका थिए । तर हेक्का राखौं त खुकुरी काण्डपछि प्रत्यक लेख, भिडियोमा जनताको कमेण्ट कस्तो छ तथा हिरो कसलाई बनाइएको छ र नेताप्रतिको आक्रोश कसरी भरिइरहेको छ ? यो कुनै दलाल तथा गुलाम र भ्रष्ट नेताले पक्कै मनन गरेको हुनुपर्छ ।
जनताको कर खाएर बसेपछि जनताको मन जितेर काम गर्ने हो भन्ने कुरा भुपेन्द्र जस्ताले थाहा पाउन जरूरी छ । हामी अभियन्तालाई त निच व्यवहार गर्ने र फुइँ लाउनेले निमुखा जनतालाई त यिनले माखोसरि गन्दैनन् भन्नेमा हामी प्रष्ट छौं । यस्ता कुसंस्कृतले हाँकेको कार्यालयले जनतालाई साथीको व्यबहार गर्छ भन्नेमा कतिको विश्वस्त हुन सकिन्छ ? एउटा कुहिएको आलु छ भने पनि सबै बोरा नै कुहिएको हुँदैन तथा सबै प्रहरीलाई त्यो नजरले हेर्न हुन्न भनेर अभियन्ताका सदस्यलाई थुमथुमाउन परेको थियो । बर्दिवाला भुपेन्द्र घमण्डले उन्मात भयो भन्दैमा सबै प्रहरी त्यस्ता हुँदैनन् ।
दिपेन्द्र प्रहरी स्कूलमा पढ्दादेखि र प्रहरी परिवारमा हुर्के बढेको हुनाले प्रहरी संगठनसँग एकदमै नजिक छौं । जीवनमा धेरै प्रहरी अधिकृतलाई नजिकबाट बुझ्ने मौका पाइयो । प्रहरी अधिकृतकै कोपभाजन तथा प्रमोसनको परिबन्दमा पारिएका पूर्वडिआईजी अशोक सिंह तथा रमेश खरेललाई दबङ्ग प्रहरी भन्थे, कार्यालयमा भेट्ने मौका पनि पाइयो तर कार्यालयमा उहाँहरूको सालिनताले नतमस्तक नै भइयो ।
नेताको गुलामी नगर्ने हेमन्त मल्ल तथा नवराज सिलवाल पूर्व डिआईजी साहेव र नेताको कोपभाजनमा परि बढुवामा छुट्टाइएको पूर्वएसएसपी चक्रबहादुर सिंह जस्ता खारिएका अनुसन्धानकर्ताको मिठो बोलीले यस्तो पो प्रहरी अधिकृत भन्ने जस्तो लाग्दथ्यो । यस्ता कैयौं प्रहरी अधिकृतलाई नेताको गुलामी नगरेको र ब्रिफकेस नबुझाएकाले क्यारियर ध्वस्त नै बनाइदिएको नजिर छ प्रहरी इतिहासमा । हाल धेरै प्रहरी अधिकृतहरू असाध्यै प्रोफेसनल छन् ।
बोली बचन तथा संस्कार भएका प्रहरी जनताका पक्का साथी नै हुन् । तर भुपेन्द्रसँग नाता रहेको व्यक्तिको नाम लिएर जानु नै महागल्ती थियो । खुकुरी हान्ने व्यक्तिको पागलपन भन्दा अहमता र रिसको पोको भुपेन्द्र हो भन्ने ठहर रह्यो । तिनले जबर्जस्ती कसैलाई फसाएर मुद्धा बनाउँदैनन् भन्न सकिँदैन । तसर्थ श्यामबहादुर सापकोटाको मुद्धामा सजक भएर बस्नपर्छ । तिनको एकघण्टामा थुन्ने अभिप्राय अनुरूप एसएसपी कुमुद ढुंगेललाई थुनेर राख्नु भनेर आदेश त दिए तर उनले परिचय माग्या जस्तै बयान पो लिन थाले ।
सायद एसएसपी कुमुदले पनि हामीलाई लाटा ग्वाँच सोचे होलान्, ए कति सजिलो बयान दिए भनेर । तर मलाई मनमा बिझेको र कानमा टुइँय भएको चाहिँ नाता लाएर भेट्न नआउनु तँ र तिमी भन्ने शब्द नै थियो । भुपेन्द्रको घर र व्यक्तिगत रिस हामी माथि खन्याउनुको स्पष्टीकरण एकदिन समय आएपछि दिनै पर्ला । आवेगमा आएर थुनेर अनुसन्धानको घेरामा राख्छु भनेर बकम्फुसे ध्वाँस, डर र त्रास देखाउन कुचेष्टा गर्दा कुनैदिन आफ्नै इज्जत धरापमा पर्ला भन्ने हेक्का राख्दा हुन्छ ।
भुपेन्द्रको विवाहको समय इन्सपेक्टर थिए । यिनी नेताको चाकडीले माथि पुग्ने खाले रहेछन् भन्ने कुरा अन्यबाट बुझियो । फुली काँधमा झुण्डी राख्दैन भुपेन्द्र महासय एकदिन समाज पनि चाहिएला नी । कुरा बुझेर उफ्रिनु र फुलीको रवाफले उफ्रिनुमा धेरै अन्तर होला । त्यो कुर्सीमा धेरै व्यक्तिसँग भलाकुसारी भयो तर उनीहरूले ट्याकल गर्ने तौरतरिकाले प्रभावित भइयो । भुपेन्द्रले आफ्नो असभ्य संस्कार घरमै छोडेर आएका भए, यस्तो लम्बेचौडा आर्टिकल बन्ने थिएन ।
यता हामीप्रति भुपेन्द्रको व्यबहारले आक्रान्त, उता नेतालाई जनताबाट डर, नेविसंघका भाईबहिनीलाई खुकुरी काण्डले त्रास भने उता श्यामको परिवारमा घटेको घटनाले घर नै अन्धकार ।
घटना घटिसक्यो, श्यामबहादुर सापकोटा थुनामा छन् । छानबिन हुन्छ, दोषीलाई कानुन अनुरूप कार्बाही होला । तर जनता श्यामबहादुरको पक्षमा छन् भने वरिष्ठ अधिवक्ता स्वागत नेपाल लगायत अन्य अधिवक्ता श्यामबहादुरलाई व्यवस्थाको घानबाट उतार्न वकालत गर्न अगाडि सरेका छन् । सो दिन श्यामबहादुरलाई कुन पक्राउ पूर्जी दिएको छ भनेर वरिष्ठ अधिवक्ता (अहिले नाम नखोल्ने शर्तमा) को आग्रह अनुरूप पूर्जीको फोटो खिचेर लग्ने अभिप्रायले पनि हामी गएका थियौँ ।
बिगतको पृष्ठभूमीलाई अध्ययन गर्ने हो भने त्रिभुवन विश्वविद्यालयका गुरूलाई हातखुट्टा भाँचिने गरेर खुँडा खुकुरी हान्ने काँग्रेसको संरक्षण पाएका समूह आज समाजमा खुल्लारूपले हिंडिरहेका छन् । श्याम काँग्रेसबाट पालित पोषित पावरफूल व्यक्ति जस्ता पनि होइनन् । यिनी त व्यबस्थाप्रति रोष व्यक्त गरेर हिंड्ने व्यक्ति जसले रिपोर्टर्स क्लबमा घटना घटाएका थिए । त्रिभुवन विश्वविद्यालयका गुरूलाई कोमामा पुर्याए पनि पार्टीका पावरले खुल्लमखुल्ला हिंडे जस्तो श्यामबहादुर शायद घुम्न पाउँदैनन् । किनभने सरकारमा काँग्रेस छ, घाइते हुने काँग्रेसका पावरफूल नेता तथा सह-महामन्त्री हुन् ।