• बैशाख २२ २०८३, मंगलवार

नेम्वाङको अप्रत्याशित निधनले मर्माहत भएँ : राष्ट्रपति

भाद्र २६ २०८०, मंगलवार

काठमाडौँ । संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अप्रत्याशित निधनले आफू मर्माहत भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् ।

एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको सोमबार राति करिब १ बजेको समयमा हृदयाघात भएपछि त्रिवि शिक्षण अस्पताल लगिएका नेम्वाङलाई चिकित्सकहरूले मृत घोषित गरेका थिए ।

नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको राष्ट्रपति पौडेलले बताएका छन् । उनले नेम्वाङप्रति श्रद्धाञ्जली र परिवारप्रति गहिरो समवेदना प्रकट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।