• मंसिर १३ २०८१, बिहीबार

मोटोपना

भाद्र २५ २०८०, सोमबार

शरीरमा अनावश्यकताभन्दा बढी बोसो जम्मा भएर शरीर बेडोल हुन्छ ।
मोटाउनु मानिसको लागि समस्या मात्र नभएर अनेक रोग पनि हो । यस्तो मोटो मानिसको तन र मनको स्फुर्ति हराएर जान्छ ।

यो रोग लाग्नुको कारण
प्रमुख कारणमा खानदानी रोग, नली बिहिन ग्रन्थीहरु जस्तोःथाइराइड, पिट्युटरी, एड्रीनल,ग्लैन्डको कार्यमा गडबडी भएर हर्माेन्सको असन्तुलन, गलत खानपिन,बोसो बढाउने खालको खाना, घीउ,भात,भात, मख्खन,आलु मिठाई, चिनी केरा,मासु,मास,बदाम आदी धेरै खानु । परिश्रम व्यायाम नगर्नु, दिनमा सुत्नु,आरारम धेरै गर्नु,मासिक धर्म नियमित नहुनु,कम हुनु ,धेरै खाना खानु , तातो चिया खानु आदि ।

यो रोग लाग्दा खेरीको लक्षण
यो रोगका लक्षणमा फुर्तिको अभाव, उत्साहको कमी,दैनिक काम गर्न ढिलासुस्ती, थोरै काम गर्दा पनि थकाई लाग्नुु,सास फुल्नु,घबराहट हुनु, बेचैनी, धेरै पसिना आउनु,पसिना गन्हाउनु,मधुमेह, उच्च रक्तचाप,हृदयको दुर्बलता ,हृदय रोग,मासिक धर्मको अनियमितता,दिसा या पिसाब सम्बन्धी बिकार,बाथ, हार्मेन्स सम्बन्धी रोग आदी देखिन्छ ।

यस्तो रोग लागेको बेला के गर्ने?
१)बिहान नियमि रुपमा घुम्न जाने । डोरी नाघ्ने,दौडने जस्तो व्यायाम गर्ने ।
२)जगिंग,साइक्लियं,एरोबिक,एक्सरसाइज,नाच्ने तथा योगासन गर्ने ।
३ं)नियमित रुपमा तेलले मालिस गर्ने ।
४)सधैँ शाारीरिक परिश्रम गर्ने ।
५)हप्तामा एक दुई दिन ब्रत बस्ने र मात्र फलफुल, तरकारीको जुस खाने ।
६) कब्जियत भगाउने उपाय गर्ने ।

यस्तो रोग लागेको बेला के नगर्ने
१)दिनमा नसुत्ने ।
२)दिनभरि आराम नगर्ने ।
३)भोकै बसेर डाइटिंग नगर्ने ।
४)छिटो–छिटो खाना खाने ।