काठमाडौं । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले अफ्रिकन युनियन (एयु) लाई जी- २० को समूहमा पूर्ण सदस्यको रूपमा समावेश गर्नु स्वागतयोग्य भएको बताएका छन्।
उनले जी- २० मा समावेश गराउने कदम सही दिशामा रहेको र यसले अन्तर्राष्ट्रिय एजेण्डामा अफ्रिकी महाद्विपका प्राथमिकता राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका हुन्।
भारतको नयाँ दिल्लीमा चलिरहेको जी- २० शिखर सम्मेलन स्थल नजिकै आयोजित अफ्रिका-युरोप मिनी शिखर सम्मेलनको क्रममा सिसीले यस्तो बताएका हुन्।