• असार ३ २०८२, मंगलवार

बागमती प्रदेश सभाको बैठक २ महिनापछि आज बस्दै

भाद्र २४ २०८०, आईतवार

काठमाडौं । बागमती प्रदेश सभा बैठक २ महिनापछि आज बस्दैछ । भदौ २० गतेका लागि बोलाइएको बैठक स्थगित भएपछि आजको लागि बैठक आव्हान गरिएको हो।

चालु आर्थिक वर्षको लागि ल्याइएको बजेटमा सहमति अनुसारको कार्यान्वन नभएपछि विगत २ महिनादेखि बागमती प्रदेशसभाको बैठक बस्न सकेको थिएन । गत असार २१ गते बजेट पास गरेर सकिएको बैठक भदौ १८ गतेको लागि आव्हान गरिएको थियो। बैठकको लागि दलीय सहमति नभएपछि बैठक नै नबसी २० गतेको लागि सारिएको थियो।

तर २० गते पनि बैडक बस्न सकेन। त्यसपछि आज २४ गतेको लागि सभा आव्हान गरिएको छ।