काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमालेबाट तिलकुमार मेन्याङ्वो, पाँचकर्ण राई, एकराज कार्कीले मन्त्री र यस्तै सृजना राईले राज्यमन्त्रीको शपथ लिएका हुन् ।
संविधानको धारा १६८(३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका हिक्मतकुमार कार्कीले उनीहरुलाई मन्त्रीमा नियुक्त गरेका हुन् । मेन्याङ्वो ऊर्जा, राई वन र कार्की भौतिक पूर्वाधार मन्त्री बनेका छन् ।
यस्तै सृजना राई भने सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त भएकी हुन् । उनीहरुलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार शपथ गराएका हुन् ।