• असार २ २०८२, सोमबार

संघीय संसद्का तीन समितिको बैठक आज बस्दै

भाद्र २२ २०८०, शुक्रबार

 

काठमाडौँ । संघीय संसद्का तीन वटा समितिको बैठक आज बस्ने भएको छ ।

आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिसहित दिगो विकास तथा सुशासन समिति तथा विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

विधायन समितिमा विद्युतीय व्यापार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ भने दिगो व्यवस्थापन समितिमा दिगो विकास लक्ष्य नम्बर ५ अन्तर्गत लैङ्गिक समानता तथा सामाजिक न्याय सम्बन्धमा अन्तर पार्टी महिला सञ्जालसँग छलफल गरिनेछ ।

दिगो विकास र विधायन समितिको बैठक दिउँसो १ बजे बस्नेछ ।

संसद सचिवालयका अनुसार शिक्षा समितिमा चिकित्सा शिक्षाको गुणस्तर र सम्बन्धनका विषयमा समितिमा आएका उजुरीका सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सँग छलफल हुनेछ ।