• जेष्ठ ९ २०८३, शनिबार

नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ स्थगित

भाद्र २१ २०८०, बिहीबार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर थुनामा परेकाहरुले थुनामुक्त हुन उच्च अदालत पाटनमा दिएको निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ ।

थुनामा परेका आरोपितहरुको कानून व्यवसायीहरुको निवेदनका आधारमा सुनुवाइ स्थगित भएको हो । उक्त निवेदन न्यायाधीशहरु सुभाष पौडेल र दीपेन्द्र अधिकारीको इजलासमा परेको थियो ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएर जिल्ला अदालत काठमाडौंको आदेशले थुनामा परेका १६ जना नै त्यो आदेश बदर हुनुपर्ने माग राखी उच्च अदालत गएका थिए ।