काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँको भृकुटीमण्डपमा खुकुरी प्रहार भएको छ ।
भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी हुन गएका बेला यादवमाथि खुकुरी प्रहार भएको हो । बुधबार दिउँसो नुवाकोटाका श्याम सापकोटाले आक्रमण गरेको जनाइएको छ ।
उनले धारितो हतियारले आक्रमण गरेपनि यादव खतरामुक्त अवस्थामा रहेका छन् । रिपोटर्स क्लबबाट बाहिरिएपछि यादवमाथि आक्रमण भएको जनाइएको छ । यससम्बन्धी विस्तृत विवरण आउन बाँकी छ