• असार २ २०८२, सोमबार

एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा कँडेल विजयी

भाद्र २० २०८०, बुधबार

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित भएका छन्। प्रतिस्पर्धी हरिप्रसाद रिजाल (पाल्पा)लाई हराउँदै कँडेल अध्यक्षमा विजयी भएका हुन्।

विजयी कँडेलले ४७९ मत ल्याए। उनका प्रतिस्प्रधी रिजालले ४७७ मत ल्याए। रिजालभन्दा २ मत बढी ल्याएर कँडेल अध्यक्षमा निर्वाचित भए।

अध्यक्षमा विजयी भएका कँडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट हुन्। पराजित रिजाल महासचिव शंकर पोखरेल निकट हुन्।