• असार २ २०८२, सोमबार

चीनले जारी गरेको नयाँ नक्सालाई उत्तर कोरियाले दियो मान्यता

भाद्र १९ २०८०, मंगलवार

प्योङयाङ । चीनले ब्रिटिसको पालामा हडपिएको हालको भारतमा पर्ने आफ्नो भूमी अरुणाञ्चल प्रदेशको केही भूभाग, दक्षिण चीनसागर र ताइवान लगायतका क्षेत्रहरु समेटेर जारी गरेको नक्सालाई उत्तर कोरियाले मान्यता दिएको छ ।

कोरियाली कम्युनिष्ट वर्कस पार्टीको सरकारले सो नक्सालाई मान्यता दिएको घोषणा गरेको हो । उ.कोरियाले भारतको अरुणाञ्चल प्रदेश, अक्साई चीन, दक्षिण चीनसागर र ताइवान चीनको अभिन्न अंग भएको दाबी गरेको छ ।

‘हाम्रो मित्र राष्ट्र चीनले हालै जारी गरेको नक्साप्रति हाम्रो पूणर् समर्थन रहेको छ र हामीले तन, मन र वचन दिएर मान्यता दिएका छौं ।’ यो घटनाले भारत र ताइवानलाई नराम्रो झड्का लाग्ने देखिएको छ । विभिन्न हतियार तथा मिसाइलहरुमा र सैन्य शक्तिमा अमेरिकालाई समेत टक्कर दिइरहेको कोरियाले यस्तो घोषणा गरेसँगै भारतलाई भने ठूलो झड्का लागेको छ ।

नेपाल लगायतका छिमेकीको भूमी हडपेर दुःख दिइरहेको भारत यसपाली भने सीमा विवादमा चीनसित परेको ग्रेटर नेपाल टिभीमा समाचार छापिएको छ ।